नियम ७८
अशक्त वृत्ति
(१) कुनै प्रहरी कर्मचारी सरकारी कामको सिलसिलामा दुर्घटनामा परी अ·भ· भई वा चोटपटक लागेको कारणले शारीरिक वा मानसिक रुपमा सेवाको लागि असमर्थ भएमा त्यस्तो प्रहरी कर्मचारीले निजको जीविकाको निमित्त बा“चुञ्जेलसम्म अशक्त वृत्तिको रुपमा उपनियम (२) मा लेखिए बमोजिम निवृत्तिभरण सहित उपनियम (३) मा लेखिए बमोजिमको अशक्त भत्ता पाउनेछ ।
स्पष्टीकरण : यस उपनियमको प्रयोजको लागि मानसिक रुपमा अशक्त भन्नाले नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट शारीरिक वा मानसिक रुपमा अशक्त भई सेवाको लागि असमर्थ भनी सिफारिस गरेको प्रहरी कर्मचारी सम्झनु पर्छ ।
(२) उपनियम (१) बमोजिम अशक्त प्रहरी कर्मचारीको सेवा अवधि निवृत्तिभरण पाउने अवधि पुगेको भए निजले तत्काल खाइपाई आएको तलबले नियम ७५ को उपनियम
(१) बमोजिम हिसाब गरी हुन आउने रकम बराबर अशक्त निवृत्तिभरण पाउनेछ । त्यस्तो अशक्त प्रहरी कर्मचारीको सेवा अवधि निवृत्तिभरण पाउने अवधिभन्दा घटी भएमा यस नियमावली बमोजिम निवृत्तिभरण पाउने वर्ष पुयाउन नपुग प्रत्येक पूरा वा चानचुन वर्षको निमित्त दामासाहीबाट कट्टी गरी बाकी हुन आउने रकम निवृत्तिभरण वापत पाउनेछ । यसरी कट्टी गर्दा एक तिहाईभन्दा बढी रकम कट्टी गरिने छैन ।
(३) प्रहरी कर्मचारीले अशक्तता बापत उपनियम (२) बमोजिम पाउने अशक्त निवृत्तिभरणको अतिरिक्त थप पाउने मासिक अशक्त भत्ताको रकम निजले खाईपाई आएको तलबको बीस प्रतिशत बराबर हुनेछ ।
(४) उपनियम (१) बमोजिम चोटपटक लाग्न गई उपचार गराउ“दा लाग्ने खर्चको पूरा रकम सम्बन्धित प्रहरी कर्मचारीले पाउनेछ र यस्तो उपचार खर्च दिंदा यस नियमावली बमोजिम पाउने उपचार खर्चमा कट्टा गरिने छैन ।
(५) यस नियम बमोजिम अशक्त वृत्ति पाइरहेको कुनै प्रहरी कर्मचारीको मुत्यु त्यस्तो सुविधा पाउन सुरु गरेको मितिले सात वर्ष नपुग्दै भएमा सो सात वर्ष पूरा हुन बा“की अवधि वापत पाउने अशक्त वृत्ति अनुदानको रुपमा एकमुष्ट रकम नियम ७५ को उपनियम (१) बमोजिम उपदान वा निवृत्तिभरण पाउने ठहरिएको व्यक्तिले लिन पाउनेछ ।
(६) बहालवाला नेपाल प्रहरी कर्मचारीको तलब वृद्धि हुदा समान स्तरको प्रहरी कर्मचारीको तलबको सुरु अड्ढको रकममा जति प्रतिशत वृद्धि भएको छ सोही प्रतिशतले उपनियम (१) बमोजिमको अशक्त वृत्तिको रकममा समेत वृद्धि हुनेछ ।